विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले तामझामका साथ मनोनयन पत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोदीले यस क्षेत्रको विकास र जनताको अधिकार सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट जीवन घिमिरे र नेपाली कांग्रेसका तर्फबाट गुरु घिमिरेले उम्मेदवारी दिएका छन्। यहाँ त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । पूर्वमन्त्री मोदी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने जीवन घिमिरे कोशी प्रदेशका पूर्वमन्त्री हुन्। उता, युवा नेता गुरु घिमिरे काँग्रेसको महामन्त्री हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।