लोड हुँदैछ...

मेनु

रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो।

वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको अभियोगमा लामिछाने विरुद्ध परेको मुद्दामा बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो। अदालत स्रोतका अनुसार लामिछानेसँग धरौटी माग गरिएको पुष्टि भएको छ।

गत असार १ गते सानो पाइला सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds