विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेतृ रुविना आचार्यलाई चुनावी मैदानमा उतारेको छ।
आचार्यले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन दर्ता गराएकी हुन्।
उम्मेदवारी दर्ताका लागि आचार्य रास्वपाका नेता तथा कार्यकर्ताहरूको र्यालीसहित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्।
मोरङ क्षेत्र नम्बर ६ मा यसअघि नै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, नेकपा एमालेका विनोद ढकाल र नेकपाबाट ओपेन्द्र रायले उम्मेदवारी दर्ता गराइसकेका छन्। ‘हेभीवेट’ नेताहरू भिड्ने यस क्षेत्रमा रास्वपाबाट आचार्यको इन्ट्रीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले मोरङ ६ का जनताले यसपटक परिवर्तन खोजेको र आफूले युवा तथा वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने बताइन्। उनले पुराना दल र नेताहरूको विकल्पमा रास्वपालाई जनताले रोज्ने विश्वास व्यक्त गरिन्।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।