लोड हुँदैछ...

मेनु

डा. शेखर कोइरालाले दर्ता गराए मोरङ ६ बाट उम्मेदवारी

डा. शेखर कोइरालाले दर्ता गराए मोरङ ६ बाट उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।