लोड हुँदैछ...

मेनु

अम्बिरबाबु गुरुङले त्यागे एमाले, नेकपाबाट उम्मेदवार

अम्बिरबाबु गुरुङले त्यागे एमाले, नेकपाबाट उम्मेदवार

विराटनगर । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन् । ओखलढुंगामा एमालेले आफूलाई टिकट नदिएर अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले विद्रोह गर्दै एमाले छाडेका हुन् ।

एमाले त्यागेलगत्तै गुरुङले नेपाली कम्युनिष्ट पार्टी (नेपका) बाट उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले यसअघि रामकुमार कार्कीलाई उम्मेदवार बनाउने घोषणा गर्दै टिकट दिइसकेको थियो । तर, एमालेबाट असन्तुष्ट बनेर आएका गुरुङलाई पार्टीले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि कार्कीको ठाउँमा गुरुङले टिकट पाएका हुन् ।

ओखलढुंगामा बलियो पकड भएका गुरुङले पार्टी छाडेर अर्को दलबाट उम्मेदवारी दिएसँगै त्यहाँ एमालेका लागि चुनौती थपिएको छ । एमालेले युवा नेतृ अस्मिता थापालाई अघि सारेपछि गुरुङ पक्षका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । अम्बिरबाबु गुरुङको यो कदमले ओखलढुंगाको चुनावी समीकरणलाई रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds