काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।