लोड हुँदैछ...

मेनु

मोरङ ६ मा एमालेका विनोद ढकालले गराए उम्मेदवारी दर्ता

मोरङ  ६ मा एमालेका विनोद ढकालले गराए उम्मेदवारी दर्ता

विराटनगर । नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार दिउँसो साढे १ बजे विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर ढकालले मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मोरङको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने ढकालको उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको र जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds