दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएपछि झण्डै डबल मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् ।
मनोनयन दर्ता पश्चात सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा जितको अन्तर निकै फराकिलो हुने दाबी गरे। उनले भने, ‘यसपटक झापा ५ मा म झण्डै डबल मतान्तरले निर्वाचित हुनेछु।’ ओलीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूले क्लिन स्वीप गर्ने र सबै सिट जित्ने विश्वास समेत व्यक्त गरे।
ओलीले उम्मेदवारी मनोनयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले एमालेलाई केही ‘डिस्टर्ब’ गर्न खोजेको आरोप लगाए। उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘शान्तिपूर्ण चुनाव गर्न सरकारको ध्यान जानुपर्छ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।