लोड हुँदैछ...

मेनु

बालेन शाहद्वारा झापा ५ मा उम्मेदवारी दर्ता

बालेन शाहद्वारा झापा ५ मा उम्मेदवारी दर्ता

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा शाहका समर्थक भेषराज भट्टराई समर्थक तथा भूमिनन्द बराल प्रस्तावक रहेका छन्। बालेन समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सक्रिय भएका शाहको उम्मेदवारी दर्तासँगै झापा क्षेत्रको राजनीतिक वातावरण थप तातेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।