विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्। मन्त्री पुनले आफ्नो साङ्गठनिक वा व्यक्तिगत अभियानमा समय खर्चिनुपर्ने भन्दै पद त्याग गरेका हुन्।
उनको राजीनामाको पुष्टि अर्थमन्त्री रामेश्वर खनालले गरेका छन्। अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै अर्थमन्त्री खनालले भनेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।’
आविष्कार र प्रविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले मन्त्री पदमा रहेर भन्दा बाहिरै बसेर आफ्नो अभियानलाई प्रभावकारी बनाउन सकिने भन्दै राजीनामा दिएको बुझिएको छ। उनको राजीनामासँगै अब शिक्षा मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्नेबारे थप जानकारी प्राप्त भइसकेको छैन।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।