विराटनगर । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ।
यसअघि टिकट पाउने निश्चित मानिएका रामहरि खतिवडाको सट्टा कांग्रेसले कुमार लुइँटेललाई उम्मेदवार बनाएको हो।
गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका नेता रामहरि खतिवडा अन्ततः प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन्।
नेपाली कांग्रेसको संसदीय बोर्डले अन्तिम निर्णय गर्दै ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको हो। खतिवडा शेरबहादुर देउवा पक्षका हुन् भने लुइटेल गगन थापा पक्षधर ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।