लोड हुँदैछ...

मेनु

विजय गच्छारले टिकट पाएनन्, सुनसरी ३ मा काँग्रेसबाट बेद उम्मेदवार

विजय गच्छारले टिकट पाएनन्, सुनसरी ३ मा काँग्रेसबाट बेद उम्मेदवार

विराटनगर । नेपाली काँग्रेसेले सुनसरी क्षेत्र नंं. ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई उम्मेदवार बनाएको छ ।

सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौं पटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भएपनि काँग्रेसले बेदलाई टिकट दिएको हो ।

सुनसरी ३ मा काँग्रेसले विजय गच्छदारलाई नै उम्मेदवार बनाएको यसअघि सार्वजनिक भएको थियो । तर, सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट बेद गच्छादरको नाममा आएको छ ।

बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगजती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा बिजय गच्छदारलाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds