लोड हुँदैछ...

मेनु

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको उम्मेदवारी टुंग्यायाे (सूचीसहित)

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको उम्मेदवारी टुंग्यायाे (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको उम्मेदवारी टुंग्याएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।

यसपटक उम्मेदवार चयन गर्दा कांग्रेसले २०७९ सालको निर्वाचनमा निर्वाचित भएका सांसदहरूलाई नै प्राथमिकतामा राखेको छ। साथै, अघिल्लो निर्वाचनमा नेकपा एमाले विजयी भएका र तत्कालीन सत्ता गठबन्धनका कारण अन्य दललाई छाडिएका क्षेत्रहरूमा पनि यसपटक कांग्रेसले आफ्ना उम्मेदवारहरू तय गरेको छ।

प्रवक्ता चालिसेका अनुसार अधिकांश क्षेत्रको निर्णय भइसके पनि केही सिटमा पुनरावलोकन गर्नुपर्ने र केहीलाई ‘होल्ड’ मा राखिएको छ। टाढाका जिल्लाका उम्मेदवारहरूले टिकट लिएर कार्यक्षेत्र जान सुरु गरिसकेका छन् भने यातायातको सहज पहुँच भएका क्षेत्रहरूमा टिकट वितरणको क्रम जारी छ।

देशभरका प्रमुख जिल्लाहरूबाट तय भएका केही मुख्य उम्मेदवारहरू यसप्रकार छन्:

कोशी प्रदेश:

  • ताप्लेजुङ: गजेन्द्र तुम्याहाङ
  • पाँचथर: नरेन्द्र केरुङ
  • इलाम १: निष्कल राई, इलाम २: भेषराज आचार्य
  • तेह्रथुम: सन्तोष सुब्बा
  • धनकुटा: दिनेश राई
  • मोरङ ३: सुनिल शर्मा
  • सुनसरी ३: विजय गच्छदार, सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्की
  • उदयपुर १: विदुर बस्नेत, उदयपुर २: रामकुमार राई
  • ओखलढुंगा: रामहरि खतिवडा
  • खोटाङ: वीरकाजी राई
  • सोलुखुम्बु: प्रकाश कार्की
  • भोजपुर: बालकृष्ण थापा

मधेश प्रदेश:

  • धनुषा १: मुक्ता कुमारी यादव, धनुषा ३: विमलेन्द्र निधि
  • सप्तरी १: रामदेव साह, सप्तरी २: रामकुमार यादव, सप्तरी ३: दिनेश यादव, सप्तरी ४: तेजुलाल चौधरी
  • सिरहा १: रामसुन्दर चौधरी
  • बारा ३: फरमुल्लाह मन्सुर

बागमती प्रदेश:

  • काठमाडौं ६: सबुज बानियाँ
  • ललितपुर १: उदयशम्शेर राणा
  • नुवाकोट १: डा. प्रकाशशरण महत, नुवाकोट २: जगदिश्वरनरसिंश केसी
  • काभ्रे २: मधु आचार्य
  • दोलखा: अजयबाबु सिवाकोटी
  • सिन्धुली १: उज्ज्वल बराल

गण्डकी प्रदेश:

  • गोरखा १: प्रेम खत्री, गोरखा २: प्रकाश दवाडी
  • तनहुँ १: गोविन्द भट्टराई, तनहुँ २: शंकर भण्डारी
  • कास्की/स्याङ्जा १: भरत ढकाल, स्याङ्जा २: भागवतप्रकाश मल्ल
  • बागलुङ १: भिम शिरिष, बागलुङ २: टेकराज पौडेल
  • पर्वत: अर्जुन जोशी
  • मनाङ: टेकबहादुर गुरुङ
  • मुस्ताङ: योगेन्द्र गौचन
  • म्याग्दी: केबी भण्डारी
  • लमजुङ: गमप्रसाद गुरुङ

लुम्बिनी प्रदेश:

  • पाल्पा १: सन्दिप राना, पाल्पा २: हिमालदत्त श्रेष्ठ
  • गुल्मी १: चन्द्र भण्डारी, गुल्मी २: भुवन श्रेष्ठ
  • रुपन्देही २: चुन्नुप्रसाद पौडेल, रुपन्देही ३: सुशील गुरुङ
  • नवलपरासी १: विनोद चौधरी, नवलपरासी २: देवेन्द्र कँडेल
  • दाङ १: योगेन्द्र चौधरी, दाङ २: किशोर घिमिरे (क्षेत्र नं ३ होल्ड)
  • प्यूठान: डा. गोविन्दराज पोखरेल
  • रोल्पा: डा. सुदनकुमार वली
  • पूर्वरुकुम: कुसुम थापा मगर

कर्णाली प्रदेश:

  • सुर्खेत २: नारायण कोइराला (क्षेत्र नं १ होल्ड)
  • दैलेख १: दिक्पाल शाही, दैलेख २: बासना थापा
  • सल्यान: केशव विष्ट
  • जुम्ला: दीप बहादुर शाही
  • हुम्ला: जयपति रोकाय
  • मुगु: ऐनबहादुर शाही
  • डोल्पा: कर्णबहादुर शाही
  • कालिकोट: हर्षबहादुर बम

सुदूरपश्चिम प्रदेश:

  • कैलाली १: जनकराज चौधरी, कैलाली २: विजय स्वार, कैलाली ३: भरत बडुवाल, कैलाली ४: वीरबहादुर बलायर, कैलाली ५: नरनारायण शाह
  • कञ्चनपुर १: गोपी उपाध्याय, कञ्चनपुर २: एनपी साउद (क्षेत्र नं ३ होल्ड)
  • अछाम १: भरत स्वाँर, अछाम २: पुष्प शाह
  • डोटी: भरतबहादुर खड्का
  • बैतडी: चतुरबहादुर चन्द
  • दार्चुला: धर्मानन्द जोशी
  • बझाङ: प्रकाश स्नेही
  • बाजुरा: जनक गिरी
  • डडेलधुरा: (हाल होल्डमा राखिएको)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds