लोड हुँदैछ...

मेनु

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोशीमा टुंगिए २२ उम्मेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोशीमा टुंगिए २२ उम्मेद्वार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अबेरसम्ममा कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेद्वारको नाम टुंगो लगाएको छ ।

प्राप्त विवरण अनुसार रास्वपाले मोरङ ४, धनकुटा, उदयपुर २, पाँचथर, भोजपुर र खोटाङमा उम्मेद्वारको टुंगो लगाएको छैन ।
सो पार्टीले झापामा बरिष्ठ नेता बालेन शाहलाई उठाएको छ । जसको चर्चा देश तथा विदेशमा भइरहेको छ । यस्तै मोरङ– १ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्कीलाई उम्मेद्वार बनाएको रास्वपाले मोरङ ६ मा रुविना आचाई र ५ मा आशा झालाई टिकट दिएको छ ।

उम्मेद्वारको नामावली
मोरङ

१. यज्ञमणि न्यौपाने
२. कृष्णकुमार कार्की
३. गणेश कार्की
५. आशा झा
६. रुविना आचार्य

झापा
१. निशा डाँगी
२. इन्दिरा राना
३. प्रकाश पाठक
४. शम्भु ढकाल
५. बालेन शाह

सुनसरी
१. सरिन तामाङ
२. लालविक्रम थापा
३. अशोक चौधरी
४. दिपक साह

इलाम
१. बिमल गदाल
२. गोकुल राई

संखुवासभा
मिङ्मा शेर्पा
सोलुखुम्बु
ऋषिधन राई
तेह्रथुम
ऋतुराज लिम्बू
ताप्लेजुङ
वीरेन्द्र श्रैष्ठ
ओखलढुंगा
विश्वराज पोखरेल

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds