लोड हुँदैछ...

मेनु

टिकट वितरणमा चलखेल भएको भन्दै रास्वपा कार्यकर्ता रवि र बालेनको विरोधमा

टिकट वितरणमा चलखेल भएको भन्दै रास्वपा कार्यकर्ता रवि र बालेनको विरोधमा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरूले विरोध गरेका हुन् ।

लामिछाने र शाह सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।

बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए । रवि, बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए ।

मधेशबाट खासगरि अमरेशकुमार सिंहलाई भित्र्याएर उनको योजनामा टिकट वितरण भएको भन्दै रास्वपामा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds