सुनसरी । उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट युवा गोपाल तामाङलाई टिकट दिएका छ । कुलमान घिसिङ नेतृत्वको पार्टीले तामाङलाई सो क्षेत्रको आधिकारिक उम्मेदवारका रूपमा टिकट प्रदान गरेको हो ।
तामाङ सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् उनी हाल कानुन विषयमा स्नातक अध्ययन गरिरहेका छन्।
विगत ३ वर्षदेखि शिक्षण पेसामा आबद्ध रहेका तामाङले शिक्षा क्षेत्रको सुधार र सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। शिक्षणका साथै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। उनी सरस्वती सामुदायिक वन उपभोक्ता समितिको सल्लाहकारका रूपमा समेत कार्यरत छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।