लोड हुँदैछ...

मेनु

नेकपाबाट झापा २ मा धर्मशिला, सुनसरी २ मा रामकुमारी उम्मेदवार

नेकपाबाट झापा २ मा धर्मशिला, सुनसरी २ मा रामकुमारी उम्मेदवार

विराटनगर । फागुन २१ को निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नं. २ र सुनसरी क्षेत्र नं. २ को उम्मेदवार टुंगो लगाएको छ ।

झापा क्षेत्र नं. २ बाट पूर्वमन्त्री धर्मशिला चापागाईंलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।

चापागाईं संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन् । जनयुद्धको क्रममा श्रीमान गुमाएकी चापागाईं कोशी प्रदेशबाट माओवादी जनयुद्धमा सामेल भएका महिलाहरुमध्ये अगुवा हुन् । झापा २ बाट नेकपा एमालेले सभामुख रहेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । चागागाईं २०७९ को निर्वाचनमा भने उम्मेदवार थिइनन् ।

उता सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट नेकपाले रामकुमारी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । पूर्वराज्यमन्त्री चौधरी २०७४ मा समानुपातिकतर्फ सांसद थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds