लोड हुँदैछ...

मेनु

पाथीभरा क्षेत्रमा यस वर्षको दोस्रोपटक हिमपात, पदमार्गमा ट्रस लगाएपछि तीर्थयात्रीलाई सहज

पाथीभरा क्षेत्रमा यस वर्षको दोस्रोपटक हिमपात, पदमार्गमा ट्रस लगाएपछि तीर्थयात्रीलाई सहज

विराटनगर । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ । शनिबार बेलुकादेखि सो क्षेत्रमा हिमपात सुरु भएको हो ।

पाथीभरा क्षेत्रमा यस वर्ष पहिलोपटक गत मंसिर ६ गते हिमपात भएको थियो । समुद्री सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा विगतका वर्षहरूमा मंसिर महिनादेखि नै नियमित हिमपात हुने गरेको भए पनि यस वर्ष भने केही ढिला गरी हिउँ पर्न थालेको हो ।

हिमपातसँगै सो क्षेत्रमा चिसो निकै बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुकादेखि हिउँ पर्न थालेकाले माथिल्लो क्षेत्रको तापक्रम निकै घटेको छ ।

हिमपात भए पनि तीर्थयात्रीहरूका लागि भने दर्शनमा सहजता प्रदान गरिएको छ । समितिले पदमार्गमा फाइबरको ट्रस ९छानो० लगाएका कारण वर्षा र हिमपातको समयमा पनि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न सहज भएको हो । ट्रसले गर्दा हिउँमा चिप्लिने डर कम हुने र पानीबाट जोगिन सकिने भएकाले प्रतिकूल मौसममा पनि भक्तजनहरू सुरक्षित रूपमा पाथीभरा धाम पुग्न सक्ने समितिले जनाएको छ ।

चिसो बढे पनि हिउँ खेल्न र दर्शन गर्न जाने आन्तरिक पर्यटकहरूको उत्साह भने घटेको छैन । तर, अत्यधिक चिसोका कारण वृद्धवृद्धा र बालबालिकालाई भने विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।