विराटनगर । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।
एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।