लोड हुँदैछ...

मेनु

मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा गुडिरहेको स्कुटरलाई भारतीय ट्रकले ठक्कर दिँदा मेचीनगर–६ निवासी ३३ वर्षीया लक्ष्मी साहको ज्यान गएको हो ।

प्रहरीका अनुसार काँकरभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई राति मृत घोषणा गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक भारतीय राज्य पन्जाबको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालक दुवै अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।