विराटनगर । बिहीबार बिहान तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ।
यस्तै राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ। अनि कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।