लोड हुँदैछ...

मेनु

नेपाली टोपी : हाम्रो पहिचान भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

नेपाली टोपी : हाम्रो पहिचान भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं । विगत १३ वर्षदेखि मनाइँदै आएको राष्ट्रिय पोसाक र टोपी दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विभिन्न युवा संस्थाहरूको आयोजनामा १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन लागिएको हो ।

नेपाली राष्ट्रियताको पहिचानका रूपमा रहेका दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीलाई युवापुस्तामा स्थापित गराउने र संरक्षण गर्ने उद्देश्यले वि।सं। २०७० देखि यो अभियान सुरु गरिएको थियो । हरेक वर्षको जनवरी १ तारिखलाई नेपाली युवाहरूले स्वस्फूर्त रूपमा राष्ट्रिय पोसाक र टोपी दिवसका रूपमा मनाउँदै आएका छन् ।

विगतमा राष्ट्रिय पोसाकका रूपमा रहेको मान्यतालाई औपचारिक रूपमा हटाइएपछि यसको संवर्द्धनका लागि युवाहरूले यो अभियान थालेका हुन् । यस अभियानले गर्दा पछिल्लो समय युवाहरूमा राष्ट्रिय पोसाकप्रति मोह र गौरवको भावना जागृत भएको र यसको पुनर्जागरणमा ठूलो टेवा पुगेको अभियानकर्मीहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा यो दिवस सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय बनेको छ । आजको दिन धेरै नेपालीहरूले राष्ट्रिय पोसाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै एक–अर्कालाई शुभकामना आदानप्रदान गर्ने गरेका छन् । यसले गर्दा प्रवासमा रहेका नेपालीहरूमाझ पनि राष्ट्रिय पहिचानको सन्देश पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।