लोड हुँदैछ...

मेनु

ग्रीनल्याण्ड कलेजका विद्यार्थीले बनाए रिमोट कन्ट्रोल कार

ग्रीनल्याण्ड कलेजका विद्यार्थीले बनाए रिमोट कन्ट्रोल कार

विराटनगर । विराटनगर– ९ स्थित ग्रीन ल्याण्ड कलेजका विद्यार्थीले रिमोट बाट चल्ने कार बनाएर सफल परिक्षण गरेका छन् । चार दिने वर्कसपको अन्तिम दिन विद्यार्थीहरुले कारको प्रदर्शनी गर्दै रिमोट कन्ट्रोलको माध्यमबाट सञ्चालन गरेका हुन् । आई एन जी ( इनोभेट नेपाल ग्रुप)को सहकार्यमा कलेजको आयोजना गरेको चार दिने आईटी वर्कसप पछि विद्यार्थीले आफै रिमोट कन्ट्रोल कार बनाएका हुन् ।

आईएनजीका इभेन्ट म्यानेजर प्रशान्त कुशवाहाले यति छोटो समयमा विद्यार्थीहरुले आफै कार निर्माण गरेर सञ्चालन गर्नु प्रशंशनीय रहेको बता ए । उनका अनुसार पहिलो दिन सैद्धान्तिक ज्ञान र दुई दिन व्यवहारिक ज्ञान सिकाईएको थियो । अन्तिम दिन भने विद्यार्थीहरुले आफै आरसी कार ( रिमोट कन्ट्रोल कारं) निर्माण गरेर सफल परिक्षण गरेका हुन् ।

वर्कसपमा वर्कसपमा १५० जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए भने, १२०० विद्यार्थीले अवलोकन गरेको प्रिन्सिपल दिनेश दाहालले बताए । अडिनोउने , मोटर ड्राइभर, ब्लुटुथ मोड्यूल, ब्याट्री तथा होल्डर, जम्पर वायर, स्वीच, चेसिसलगायतका सामाग्री कारमा लागेको जानकारी दिँदै विद्यार्थी कृष्ण पोद्धारले भने ,‘ प्रदर्शनीका लागि निर्माण गरिएका दुई वटा कारका लागि करिब १७ हजार रुपैयाँको लागत लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।