विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा नयाँ र सिर्जनशील व्यावसायिक अवधारणा (स्टार्टअप आइडिया) प्रस्तुत गरिएको छ । मोरङ व्यापार संघको आयोजनामा सञ्चालित एक्स्पोअन्तर्गत मंगलबार सातवटा नयाँ आइडियाहरू ुपिचु गरिएको हो । यस आइडिया पिच सेसनमा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको इन्डस्ट्रिजका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल सारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ निर्णायकका रूपमा रहेका थिए ।
कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रा.लि.को अवधारणा प्रस्तुत गरेका थिए । खाद्य आपूर्तिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ उनले पाँच वर्षभित्र देशका सबै महानगरपालिकामा सेवा विस्तार गर्ने लक्ष्य राखेका छन् । यस्तै, इलाम सूर्योदयका प्रमोद सापकोटाले वातावरणमैत्री ग्रिन इनोभेसनु इँटाको प्रविधिबारे जानकारी दिएका थिए ।
बालुवा र माटो प्रयोग गरेर बनाइने यो इँटाले परम्परागत रातो इँटालाई विस्थापित गर्ने लक्ष्य लिएको छ । विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्नसम्बन्धी गफसपु ब्रान्ड र झापाका सिमन ताजपुरियाले ुगुरुकुल पुस्तकालय डटकमु मार्फत पुराना पुस्तकहरूको पुनः प्रयोग गर्ने प्लेटफर्मबारे प्रस्तुति दिएका थिए । मोरङका भिजन प्रताप खत्रीले कृषि, सुगन्ध रेग्मीले खाद्य तथा पेय पदार्थ र विज्ञान घिमिरेले ुस्वाद मित्रताको अड्डाु नामक भेइकल फुडको अवधारणा प्रस्तुत गरेका थिए । विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ विद्यार्थीका लागि एआईमा आधारित नयाँ शैक्षिक एप्लिकेसनका बारेमा समेत जानकारी गराएका थिए ।
मोरङ व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया प्राप्त भएका थिए । तीमध्ये उत्कृष्ट २५ बाट छानिएका १५ जनालाई पिच का लागि छनोट गरिएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यी आइडियाहरूलाई लगानीकर्तासँग साक्षात्कार गराउने र व्यवसाय सुरु गर्न सहजीकरण गर्ने संघको उद्देश्य रहेको छ । यसको प्राविधिक सहजीकरण आइडिया स्टुडियो ले गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. मोहन सुवेदीले स्टार्टअप इकोसिस्टमको महत्त्वबारे चर्चा गर्दै साना विचारबाटै ठूला उद्योग जन्मने बताए । । खजुरीको इन्डस्ट्रिजका अध्यक्ष जगन्नाथ महर्जनले २०४० सालमा सानो बेकरीबाट सुरु गरेको आफ्नो व्यावसायिक सङ्घर्ष सुनाउँदै नयाँ पुस्तालाई प्रोत्साहित गरेका थिए । उनले चीन र भारतको सफलता स्टार्टअपमैत्री नीतिका कारण सम्भव भएको बताउँदै नेपालमा पनि सरकारले फन्डिङ र नीतिगत सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले व्यावसायिक यात्राका कठिनाइ चिर्दै युवा उद्यमीहरूलाई प्रोत्साहित गर्न र सरकारलाई नीतिगत सुधारका लागि ध्यानाकर्षण गराउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । । आइडिया स्टुडियोका डाइरेक्टर अनिल बस्नेतले उत्कृष्ट आइडियालाई व्यवसायको चरणसम्म पुर्याउन र रोजगारी सिर्जना गर्न सहयोग गरिरहेको जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।