लोड हुँदैछ...

मेनु

कुलमान घिसिङ पनि रास्वपामा मिसिए, उपसभापतिसहित १८ जना समानुपातिक उम्मेद्वार पाउने

कुलमान घिसिङ पनि रास्वपामा मिसिए, उपसभापतिसहित १८ जना समानुपातिक उम्मेद्वार पाउने

विराटनगर । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । उनलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको जनाइएको छ । यद्यपि सहमतिको ड्राफ्ट सार्वजनिक भएको छैन ।

पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो । आज दिनभर भएको छलफल पनि उनीहरुबीच सहमति जुटेको हो ।

उता, घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता घिसिङ बन्ने भएका छन् । यस्तै १६ प्रतिशत भन्दा बढी हिस्सा लिने गरी सहमति भएको उक्त सचिवालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds