काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट युवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महाधिवेशनमा शर्माले १६० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने क्रममा कोशी प्रदेशबाट सात जनाले केन्द्रीय कार्यसमितिमा स्थान बनाएका छन् ।
कोशी प्रदेशबाट निर्वाचित हुनेहरू
नयाँ कार्यसमितिमा कोशी प्रदेशबाट पदाधिकारीसहित सात जना निर्वाचित भएका छन् । जसमा मुकुन्द घिमिरे उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सचिव पदमा कोशी प्रदेशबाट दुई जना निर्वाचित भएका छन् । बलराम पन्त १५५ मत र राजेश कार्की १४३ मतसहित सचिवमा विजयी भएका हुन् ।
यसैगरी, शङ्कर भट्टराई सह–कोषाध्यक्ष पदमा चयन भएका छन् । प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी र सागर प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा डा. स्वागत श्रेष्ठ ९१४७ मत र टङ्कराज आचार्य १०३ मत निर्वाचित भएका छन् । सो पदका अन्य प्रतिस्पर्धीहरू भेषराज पोखरेलले १००, बाबुराम पन्तले ७८ र जीवन प्रकाश शर्माले ३७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेहरूमा आर भी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन् ।
महासचिव पदमा रामहरि सिलवाल १४८ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत पाएका थिए । सचिव पदमा कृष्ण प्रसाद पौडेल ९१४३ मत०, जीवन लामा गोले ९१६७ मत०, पारश श्रेष्ठ ९१४५ मत०, भवानी प्रसाद पौडेल ९२१९ मत० र यम बहादुर रोका ९१४५ मत० पनि विजयी भएका छन् ।
कोषाध्यक्षमा शिव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यतर्फ केपी पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसी र हरिकृष्ण अर्याल निर्वाचित भएका छन् भने आजीवन सदस्यबाट शिव प्रसाद सुवेदी चयन भएका छन् ।
मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता र बाबुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी र दिनेश भुसाल, कर्णाली प्रदेशबाट प्रेम बहादुर दसुनी र सुदूरपश्चिम प्रदेशबाट डा। भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले सङ्गठन सुदृढीकरण, शैक्षिक गुणस्तर वृद्धि र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।