विराटनगर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म ४५ वटा राजनीतिक दलले धरौटी बुझाएका छन् ।
आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्म शीर्ष दलसहित ४५ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् । धरौटी बुझाउने सूचीको पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने अन्तिम नम्बरमा नेशनल रिपब्लिकन पार्टी रहेको छ ।
यस्तै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) लगायतका दल रहेका छन् । बन्दसूची पेस गर्नु अघि राजनीतिक दलले ५० हजार धरौटी बुझाउनुपर्ने व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै आयोगको कार्यालयमा पुगेको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।