विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पराजित गर्ने घोषणा गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले बालेनले जुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए पनि आफ्नो पार्टीले उनलाई पराजित गर्ने दाबी गरेका हुन्। बालेनप्रति आक्रामक रूपमा प्रस्तुत भएका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँ हामी हराउनेछौं।’
केही समययता काठमाडौंका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने गरी सहमति गरेका छन् । यद्यपि, उनले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक टुंगो लगाएका छैनन्।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।