लोड हुँदैछ...

मेनु

सुनसरीबाट २ हजार २२० लागुऔषध ट्याब्लेट ट्रामाडोल बरामद

सुनसरीबाट २ हजार २२० लागुऔषध ट्याब्लेट ट्रामाडोल बरामद

विराटनगर । मोरङको देवानगञ्ज गाउँपालिका–२ स्थित कबरिस्तान क्षेत्रबाट प्रहरीले २ हजार २२० ट्याब्लेट लागुऔषध ट्रामाडोल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार एक व्यक्तिबाट उक्त परिमाणको ट्रामाडोल बरामद गरेको हो।

प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार व्यक्ति झोला फालेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा फालिएको झोला खानतलासी गर्दा ट्रामाडोल ट्याब्लेट फेला पारेको हो।

बरामद लागुऔषध नियन्त्रणमा लिइएको छ भने फरार व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।