विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४ मा घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका ६ वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
बिर्तामोड–४, आगमनटोल निवासी राम कुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको बुधबार बेलुका उपचारका क्रममा मृत्यु भएको हो। आफ्नै तीन तले घरको रेलिङमा खेल्ने क्रममा बालक अचानक भुईँमा खसेका थिए।
रेलिङबाट खसेर गम्भीर घाइते भएका रियान्सलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा विगत ७ दिनदेखि उपचार भइरहेकोमा बुधबार चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। हाल बालकको शव सोही अस्पतालमा राखिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।