लोड हुँदैछ...

मेनु

मुख्यमन्त्री कार्कीद्वारा क्रिसमसको शुभकामना : आपसी सद्भाव र भाइचारा सुदृढ हुने विश्वास

मुख्यमन्त्री कार्कीद्वारा क्रिसमसको शुभकामना : आपसी सद्भाव र भाइचारा सुदृढ हुने विश्वास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यस पर्वले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न प्रेरणा दिने उनले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भनेका छन् , ‘इसाईका धर्मगुरु क्राइस्टले देखाउनुभएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणादायी छ। यस पर्वले हामीलाई एकआपसमा मिलेर काम गर्ने ऊर्जा दिनेछ।’

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई उल्लेख गर्दै उहाँले कोशी प्रदेश सरकार सबै धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं संवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । विविधतायुक्त पहिचानले नै प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने उनको तर्क छ।

मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपालीू को राष्ट्रिय लक्ष्य प्राप्त गर्न क्रिसमस जस्ता पर्वहरूले टेवा पुर्‍याउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।