विराटनगर । मालपोत कार्यालय विराटनगरमा कार्यरत २० जना लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट तोकिएको भन्दा बढी रकम असुल गरेको उजुरीका आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी कोपिला चुडालले सेवाग्राहीको गुनासोका आधारमा व्यवसायीहरूलाई सोधपुछ भइरहेको मात्रै बताइन् । ‘केही गुनासो आएपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ उनले भनिन्। यता, एक प्रहरी अधिकृतका अनुसार सेवाग्राहीले बढी पैसा लिएको भन्दै उजुरी गरेपछि प्रहरी टोली मालपोत कार्यालय पुगेको थियो।
यसैबीच, नेपाल लेखापढी व्यवसायी संघले भने आफ्ना सदस्यहरूलाई प्रहरीले बिना कारण पक्राउ गरेको दाबी गरेको छ। प्रहरीको सो कदमको विरोध गर्दै व्यवसायीहरूले मालपोत कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पारेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।