विराटनगर । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका अधिकांश भू–भागको मौसम सामान्यतया सफा रहने देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी इलाका बाहेक देशका अन्य सबै भू(भागमा भने आज मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज रातिको मौसम पनि दिउँसोकै जस्तै रहने पूर्वानुमान गरिएको छ। राति पनि कोशी प्रदेशको पहाडी भू(भागमा सामान्य बादल लागे पनि देशका अन्य बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही पहाडी भेगमा सामान्य बदली देखिए पनि अन्यत्र वर्षा वा हिमपातको तत्काल कुनै सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्। वर्षा र हिमपातको सम्भावना नभएकाले देशभरको तापक्रममा खासै ठूलो फेरबदल नहुने र जनजीवन सामान्य रहने देखिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।