लोड हुँदैछ...

मेनु

तराईमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुन सक्ने

तराईमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुन सक्ने

विराटनगर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

हाल कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। यद्यपि, तराईका धेरै स्थानहरूमा बिहानीपख बाक्लो हुस्सु र कुहिरो लागेको छ।

मधेश र लुम्बिनी तराईस् धेरै स्थानमा लागेको हुस्सु अपरान्हपछि मात्र सामान्य सुधार हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशमा लागेको हुस्सु मध्यान्नसम्ममा सुधार हुने देखिन्छ।

तराईका भू–भागमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ। चिसोबाट बच्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

विशेष गरी सवारी चालकहरूलाई कम भिजिबिलिटीका कारण सावधानीपूर्वक सवारी साधन चलाउन र सर्वसाधारणलाई चिसोबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।