विराटनगर । इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका एक थुनुवालाई प्रहरीले साढे तीन महिनापछि पुनः नियन्त्रणमा लिएको छ ।
गत २०८२ साल भदौ २४ गते देशभर भएको‘जेन–जी’ आन्दोलनको क्रममा उत्पन्न परिस्थितिको फाइदा उठाउँदै हिरासतबाट भागेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय आङदावा शेर्पा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष प्रहरी टोलीले आज दमक नगरपालिका वडा नं। ६ स्थित बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकै बखत उनी भदौ २४ गते फरार भएका थिए । फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो । पक्राउ परेका शेर्पालाई अहिले इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।