विराटनगर । गएको भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाश प्राप्त) चन्द्रकुवेर खापुङको बयान लिइरहेको छ ।
आयोगको सिंहदरबारस्थित कार्यालयमा आज खापुङको बयान भइरहेको आयोग स्रोतले बताएको छ । जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो । प्रहरीले अनावश्यक रुपमा अत्याधिक बल प्रयोग गरेको भनेर आलोचना समेत हुँदै आएको छ ।
यसअघि खापुङले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए । उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्नेसम्मको तयारी गरेको थियो । त्यसपछि बल्ल उनले विवरण पठाएको आयोगको दाबी छ ।
आयोगले घटना सम्बन्धीतको पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्याएको छ । अब तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग पुगेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।