विराटनगर । आज देशभरको मौसम सामान्यतया सफा र स्थिर रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय पश्चिमी वायु वा मौसमी प्रणालीको प्रभाव नरहेकाले आजको दिन घमाइलो र उल्लासमय हुनेछ।
विशेषगरी मौसम प्रणाली निष्क्रिय बन्दा आकाश खुल्ने र दिनभर पारिलो घाम लाग्ने सुखद पूर्वानुमान महाशाखाले गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली भेगका केही स्थानमा भने हल्का बादल लाग्न सक्ने (आंशिक बदली) बताइएको छ, तर यसले सामान्य जनजीवनमा खासै असर पार्ने छैन। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कुनै पनि मौसमी प्रणाली सक्रिय नहुँदा आज दिनभर लाग्नेछ पारिलो घाम



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।