लोड हुँदैछ...

मेनु

एमाले अधिवेशन : मतदान भोली बिहानसम्मै हुने, ५० प्रतिशत मतदान सकियो

एमाले अधिवेशन : मतदान भोली बिहानसम्मै हुने, ५० प्रतिशत मतदान सकियो

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न गरिएको मतदान सम्पन्न हुने भोली बिहानसम्म लाग्ने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले भोली बिहान १० बजेसम्ममा मतपरिणाम पनि आइसक्ने बताए । उनका अनुसार हालसम्म ५० प्रतिशत मत खसेको छ ।

आयोग प्रमुख सुब्बाका अनुसार आज बिहान ९ः२० बजेदेखि सुरु भएको मतदानमा राति ८ बजेसम्ममा एक हजार एक सय ५ मत खसेको छ । अधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि रहेको छ । अब १ हजार एक सय ५८ मत खस्न बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार दिउँसोको तुलनामा अहिले छिटो मतदान भइरहेको छ । एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds