लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : मतदान प्रक्रिया रोकियो, बिहान ८ बजेदेखि हुने

एमाले महाधिवेशन : मतदान प्रक्रिया रोकियो, बिहान ८ बजेदेखि हुने

विराटनगर । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ८ बजे मतदान हुने भएको छ ।

आज हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यसअघि दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।

मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको छुट्टा छुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds