काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता पासाङ शेर्पाको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरेको छ ।
एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ताप्लेजुङका शेर्पाको उम्मेदवारी खारेज भएको हो ।
शेर्पालाई केन्द्रीय सदस्य बनाउन अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहमा राखेका थिए । शेर्पाविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र ५ हजार जरिवाना तोकिएको छ । शेर्पा कैद वापतको रकम तिरेर थुनाबाहिर छन् ।
उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।