लोड हुँदैछ...

मेनु

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो : विराटनगरमा कति पर्छ पेट्रोलको मूल्य ?

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो : विराटनगरमा कति पर्छ पेट्रोलको मूल्य ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । यो नयाँ मूल्य गएरातिदेखि नै लागू भइसकेको निगमले जनाएको छ ।

निगमले डिपोको दूरी अनुसार तीन वर्गमा विभाजन गरी मूल्य तय गरेको छ । मूल्य समायोजनपछि अब डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बढेको मूल्य अनुसार पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ पुगेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा राखेको छ । यस्तै, सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा रहेका छन् । तोकिएको खुद्रा बिक्री मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्म लागू हुनेछ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत नै राखेको छ । इण्डियन आयल कर्पोरेशन ९आईओसी० बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य आएलगत्तै स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।