धरान । जुवा खेलेको आरोपमा सुनसरीको धरानबाट ८ जना पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका–१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा गए राति रविसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले राईको घरमा छापा मार्दा उनीहरू जुवा खेलिरहेका अवस्थामा भेटिएका थिए। पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ९४ हजार ७ सय ५ रुपैयाँ र १५ थान कौडा बरामद गरिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।