विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो प्यानलको टुंगो लगाएको छ। अध्यक्ष ओलीले तयार पारेको उक्त प्यानलमा मोरङ जिल्लाबाट ६ जना नेताहरू अटाएका छन्।
महाधिवेशनको सरगर्मी बढेसँगै सार्वजनिक भएको ओली पक्षको सूचीमा मोरङबाट उपाध्यक्ष गुरुप्रसाद बराल ओलीको प्यानलमा परेका छन्।
यस्तै, केन्द्रीय सदस्यतर्फको भूगोल कोटाबाट जीवन घिमिरे उम्मेदवार बन्ने भएका छन्। मधेसी कोटाबाट दिलिप बगडिया उम्मेदवार बन्दा खुल्लातर्फ पूर्वमन्त्री लालबाबु पण्डित र ऋषिकेश पोखरेल समेटिएका छन्।
त्यसैगरी, महिला कोटाबाट विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई ओली प्यानलले उम्मेदवार बनाउने निर्णय गरेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।