विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा तीन दिने भव्य धार्मिक अनुष्ठान ‘नानी बाई रो मायरो’ आयोजना हुने भएको छ।
विराटनगरस्थित अतिथि सदन राधा मण्डपमा आयोजना हुने यस कार्यक्रममा गोवत्स श्री बिट्ठल जी महाराजको प्रमुख उपस्थिति रहनेछ।
उनको मुखारविन्दबाट मारवाडी भाषामा रसिलो कथा–प्रवचन, भजन–कीर्तन तथा आध्यात्मिक ज्ञान प्रवाह हुने आयोजकले जनाएको छ।
महोत्सव पुस १ गतेदेखि ३ गतेसम्म चल्नेछ। कार्यक्रम हरेक दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
धार्मिक अनुष्ठानको पहिलो दिन अर्थात् पुस १ गते बिहान ९ बजे विराटनगरको श्री रामजानकी मन्दिरबाट शोभायात्रा निकालिने मञ्चले जानकारी दिएको छ। माहेश्वरी महिला मञ्चले विराटनगरको धार्मिक संस्कृतिलाई थप टेवा पुर्याउन आयोजित यस कार्यक्रममा स–परिवार सहभागी भई आध्यात्मिक लाभ लिन सम्पूर्ण भक्तजनमा अनुरोध गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।