लोड हुँदैछ...

मेनु

तेह्रथुमबाट प्रतिनिधिसभामा गगन थापाको नाम सिफारिस

तेह्रथुमबाट प्रतिनिधिसभामा गगन थापाको नाम सिफारिस

विराटनगर । नेपाली कांग्रेस तेह्रथुमले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति तेह्रथुमको आज बसेको बैठकले एकल नाम सिफारीस गरेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा यस अगाडी सिता गुरुङ निर्वाचित भएकि थिइन् । तेह्रथुममा पूर्व सांसद तुलसी सुब्बामाथि केन्द्रीय अनुशासन समितिले कारबाही गरेको र उनले दिएको पुनरावेदनको विषय केन्द्रबाट नटुंगिएपछि जिल्ला कमिटीले सिताको नाम समेत सिफारीस नगरेको हो । गत र्निाचनमा तुलसिले सितलाई हराउन लागेको आरोप लगाउदै कारवाहि गरीएको थियो ।

सुब्बा गगन थापा समुहका हुन् । सुब्बको कारवाहि फुकुवा नभएपछि थापाको एकल नाम सिफारीस गरीएको नोताहरुले बताएका छन् । तेह्रथुमले केन्द्रिय कार्यालय सानेपालाई पत्राचार गर्दै आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महामन्त्री थापाको नाम एकलु र(सर्वसम्मत) रूपमा सिफारिस गरेको हो ।
जिल्ला कार्य समिति, केन्द्रिय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकले तेह्रथुम जिल्ला ९एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला० बाट प्रत्यक्ष तर्फको उम्मेदवारको निम्ति थापाको नाम चयन गरेको जिल्ला सभापति अर्जुन बहादुर तुम्बाहाम्फेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रत्यक्षतर्फ महामन्त्री थापाको नाम एकल सिफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णमान तुम्बाहाम्फे,डिल्लीराम नेपाल ,विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा,बसन्ती सुब्बा गुरुङ,शारदा कोइराला, र शनिषा भेटवालसहित ७ जनाको नाम सिफारिस गरिएको छ। यो जिल्लामा गगन सहुमको बर्चश्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds