लोड हुँदैछ...

मेनु

कांग्रेस कोशी प्रदेश : आन्तरिक विवाद कारणले तिन जिल्लाबाट आएन उम्मेदवारको नाम

कांग्रेस कोशी प्रदेश : आन्तरिक विवाद कारणले तिन जिल्लाबाट आएन उम्मेदवारको नाम


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेशका तीन जिल्लाले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । खोटाङ, सोलुखुम्बु र तेह्रथुम जिल्लाले नाम सिफारिस गर्न नसकेका हुन् भने मोरङले उम्मेदवारको नाम टुङ्गो लगाएर पनि प्रदेशमा पठाएको छैन । नेपाली कांग्रेस कोशी प्रदेश समितिले भने सोमबार (भोलि) जिल्लाबाट आएका नामहरू केन्द्रमा पठाउने तयारी गरेको छ ।
शनिबार बसेको प्रदेश समितिको बैठकले सोमबारसम्म प्राप्त नामहरू केन्द्रमा पठाउने निर्णय गरेको हो । प्रदेश उपसभापति रमेशजंग रायमाझीले तल्ला समितिबाट आएका सिफारिस प्रक्रिया पु¥याएर माथि पठाइने बताए । ‘केन्द्रको सर्कुलर अनुसार तल्ला समितिले पठाएका नामहरू जस्ताको तस्तै पठाउँछौँ,’ उपसभापति रायमाझीले भने, ‘सर्कुलर विपरीतका नाममा भने कैफियत लेखेर पठाउने छौँ ।’
प्रदेशका १४ जिल्लामध्ये १० जिल्लाबाट सिफारिस आए पनि आन्तरिक विवाद, अनुशासनको कारबाही र प्राविधिक कारणले चार जिल्लाको सिफारिस रोकिएको नेताहरूले बताएका छन् । मोरङ जिल्ला समितिले उम्मेदवारको टुङ्गो लगाइसकेको भए पनि शनिबारको बैठकमा पेस गरेको छैन । यस्तै, सोलुखुम्बुमा उम्मेदवार चयन र मापदण्डका विषयमा छलफल जारी रहेकाले सिफारिस आउन नसकेको हो ।
तेह्रथुम र खोटाङमा भने अनुशासनको कारबाही र नेतृत्व विहीनताका कारण जटिलता देखिएको छ । तेह्रथुममा पूर्व सांसद तुलसी सुब्बामाथि केन्द्रीय अनुशासन समितिले कारबाही गरेको र उनले दिएको पुनरावेदनको विषय केन्द्रबाट नटुंगिदा सिफारिस अन्योलमा परेको छ । सुब्बा गगन थापा समुहका नेता हुन् भने राइ कोइराला खेमाका नेता हुन् ।
उता खोटाङमा जिल्ला सभापति विष्णुकुमार राई निलम्बित भएका छन् । केन्द्रले अर्को कार्यवाहक सभापतिको निर्णय नगरिदिँदा अन्योल सिर्जना भएको र बैठक नै बस्न नसकेको उपसभापति रायमाझीले जानकारी दिए ।
प्रदेश महामन्त्री भुपेन्द्र राईका अनुसार समयमै सिफारिस आए ती नामहरूलाई प्रक्रियामा लगिनेछ । सिफारिस आएका अन्य जिल्लाको हकमा भने प्रदेश समितिले गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेकाहरूको नाम हटाउने र हालका जनप्रतिनिधिको हकमा रायसहित केन्द्रमा पठाउने निर्णय गरेको छ ।
मोरङमा प्रदेश सभाका वहालाला सासद अमृत अर्यालको नाम जिल्लाले काटेपछि विवाद भएको नेताहरु बताउछन् । उनको नाम मोरङ क्षेत्र नम्बर ५ बाट सिफारीस भएर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds