लोड हुँदैछ...

मेनु

बालिकामाथि करणी आरोपमा एक पक्राउ

बालिकामाथि करणी आरोपमा एक पक्राउ

विर्तामोड । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बू सम्वाहाम्फे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पीडित बालिकामाथि जबरजस्ती करणी गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै सन्तवीरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।