लोड हुँदैछ...

मेनु

एनपीएलको उत्कृष्ट खेलाडी बन्दै रोहितले जिते कार र मोटरसाईकल

एनपीएलको उत्कृष्ट खेलाडी बन्दै रोहितले जिते कार र मोटरसाईकल

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संरकणको च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित कार पुरस्कार प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेसँगै रोहित सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका हुन् ।

फाइनल खेलमा पौडेलले ह्याट्रिकसहित तीन विकेट लिँदै निर्णायक भूमिका खेलेका थिए। यो सिजन रोहितले १० खेलमा २७६ रन बनाउनुका साथै ९ विकेट लिएका छन् । फाइनल खेलमा १६ रन जोड्दै उनले एनपीएलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको उपाधि पनि हात पारेका छन् । दोस्रो स्थानमा रहेका विनोद भण्डारीको १६४ रन रह्यो।

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी भने पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन रहेका छन् । उनसले ३ सय २३ रन बनाए।

एनपीएलको पहिलो सिजनमा पनि रोहित सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका थिए । गत सिजनमा उनी सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा रहँदा पहिलो र दोस्रो स्थानमा विदेशी खेलाडी थिए।

च्याम्पियन कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडीको कार पुरस्कारसँगै सर्वाधिक रन बनाउने नेपाली ब्याटरको पुरस्कारस्वरूप मोटरसाइकल पनि प्राप्त गरेका छन्। रोहितले ओमोडा–जाइको जे–५ कार पाएका हुन् ।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानले पनि एक थन पल्सर मोटरसाइकल प्राप्त गरे । रेडबुलले प्रदान गरेको ‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा चुनिए । उनले २ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।