दमक । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना पुरुष फरार भएका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ बजे सुधार केन्द्रको मुख्य गेटको पर्खाल नाघेर उनीहरू फरार भएका हुन्।
फरार भएको जानकारी केन्द्रका कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय दमकलाई गराइएलगत्तै प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा टोली खटिएको छ । फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
फरार हुनेहरूमा दमक नगरपालिका–१ का २१ वर्षीय नवीन क्षेत्री, दमक–८ का १७ वर्षीय जेम्स धिमाल, कमल गाउँपालिका–४ का २६ वर्षीय किरण राई, कमल–५ का ३१ वर्षीय अर्जुन लिम्बु, सोही स्थानका २३ वर्षीय मनिष मगर, गौरादह नगरपालिका–१ का २३ वर्षीय सन्दीप जैरु र कमल–३ का २० वर्षीय एक्सन लिम्बु रहेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।