लोड हुँदैछ...

मेनु

स्वास्थ्य शिविरमा १५ सयको निःशुल्क परीक्षण

स्वास्थ्य शिविरमा १५ सयको निःशुल्क परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ ।

जितपुर बजारमा आयोजना गरिएको शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण, इ।सी।जी।, फोक्सो परीक्षण तथा दाँत रोगसम्बन्धी सेवासमेत उपलब्ध गराइएको थियो। ग्रामीण क्षेत्रमा आयोजना गरिएको शिविरबाट विपन्न, अशक्त र ज्येष्ठ नागरिकले प्रत्यक्ष लाभ लिएको गाउँपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्रुवराज रायले कमजोर आर्थिक अवस्था भएका तथा अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि स्वास्थ्य शिविर प्रभावकारी भएको बताए । शिविर काठमाडौंस्थित निजामती अस्पताल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा २ दिन सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।